दुर्गाथली गाउँपालीका निर्माण हुदाँ राज्य संघियतामा गए पश्चात जिल्लामा तत्कालिन जिल्ला विकास समितीमा सर्वदलिय संयन्त्र र बझाङ्ग जिल्लाको निर्वाचित माननियहरुको राय सल्लाह बमोजिम जिल्लामा सिमा निर्धारण तथा कति वटा स्थानिय तह बनाउने भन्ने प्राविधिक समिती थियो । सो समितीले जनसंख्या, भौगोलिकता तथा अन्य मापनका आधारमा तत्कालीन इलाकाका आधारमा साविकका ३ वटा गाउँ विकास समिती चौधारी, मौलाली र सैनपसेलालार्इ दुर्गाथली गाउँपालीकाको सिफारिस भएको थियो । त्यसमा बझाङ्गका विभिन्न स्थानिय तहहरुको नामाकरण एतिहासिक, नदी, धार्मिक, पौराणिक तथा पहिलेको दरा भन्ने शब्दबाट सबै गाउँपालीका तथा नगरपालीकाको नाम राख्ने क्र