व्यवसायिक र सिर्जनशील प्रशासन

विकास समृद्धि र सुशासन

header AD
संक्षिप्त विवरण

दुर्गाथली गाउँपालिका निर्माण हुदाँ राज्य संघियतामा गए पश्चात जिल्लामा तत्कालिन जिल्ला विकास समितीमा सर्वदलिय संयन्त्र र बझाङ जिल्लाको निर्वाचित माननियहरुको राय सल्लाह बमोजिम जिल्लामा सिमा निर्धारण तथा कति वटा स्थानीय तह बनाउने भन्ने प्राविधिक समिति थियो । सो समितिले जनसंख्या, भौगोलिकता तथा अन्य मापनका आधारमा तत्कालीन इलाकाका आधारमा साविकका ३ वटा गाउँ विकास समिति चौधारी, मौलाली र सैनपसेलालाई दुर्गाथली गाउँपालिकाको सिफारिस भएको थियो । त्यसमा बझाङ्गका विभिन्न स्थानिय तहहरुको नामाकरण एतिहासिक, नदी, धार्मिक, पौराणिक तथा पहिलेको दरा भन्ने शब्दबाट सबै गाउँपालिका तथा नगरपालिकाको  नाम राख्ने क्रममा हाम्रो पनि धार्मिक कारणले त्यती बेलाको नामाकरण समिति तथा प्राविधिक समितिले साबिकको सैनपसेला गा.वि.स.को थली जिउलोमा अवस्थित दुर्गा देवीको मठको आधारमा दुर्गाथली नाम राखेको बुझिन्छ । हाल दुर्गाथली गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । यसको सिमाना पूर्वमा छविसपाथीभेरा गाउँपालिका, पश्चिममा केदारस्युँ र बुगंल नगरपालिका , उत्तरमा बुगंल नगरपालिका र छविसपाथीभेरा र सेती नदी र थलारा गाउँपालिका रहेको छ । हाल यस गाउँपालिकाको केन्द्र साविकको चौधारी गा.वि.स.को वडा नं.३ मा अवस्थित छ ।

बझाङको मध्ये भागमा पर्ने १२ वटा गाउँपालिका मध्ये एउटा गाउँपालिका हो । जसको केन्द्र बिन्दु चौधारीमा रहेको छ । यसको क्षेत्रफल ६१.८३ बर्ग किलो मिटर रहेको छ । यसको जनसंख्या ११३१८ रहेको छ । जसमा पुरुषको जनसंख्या ५१०९ र महिलाको जनसंख्या ६२०९ रहेका छन् । जसमा जम्मा २५९२ परिवार रहेका छन् । यस गाउँपालिकामा बाहुन, क्षेत्री, दलित आदी बसोबास गर्दछन् । यस गाउँपालिकाको यातायात जयपृथ्वी राजमार्ग संग मिलेको छ ।

 

 

 

 

 

 

आधारभूत जानकारी
Sudur Pashchim
Bajhang
गाउँपालिका
61.83 वर्ग कि.मि.
जनसंख्या तथ्याङ्क
जम्मा 11318
पुरुष 5109
महिला 6209
अन्य 0
नक्शा दृश्य

स्थापना

स्थापना मिति 2073-02-13
वेबसाइट http://durgathalimun.gov.np

निर्देशाङ्क: 29.501787° उ, 81.037545° प